विद्यार्थी लिन छुटेको स्कूल बसले विद्यार्थीलाई किच्यो

वीरगञ्जको मुख्य बजार महावीर रोडमा बसले किचेर वीरगञ्जमा एक छात्राको ज्यान गएको छ । सोमबार बिहान बिहानी कक्षाका लागि विद्यार्थी लिन छुटेको बसले वीरगञ्जको मुख्य बजारमा बस चढ्न लागेकी छात्रालाई किचेको हो ।

दुर्घटनामा परी ज्यान गुन्माउनेमा कादम्बरी एकेडेमीको ९ कक्षामा अध्ययनरत दिया अग्रवाल हुन । प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले मृतकका अभिभावकसँग पनि छलफल भइरहेको बताउनु भयो । शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।विद्यार्थी लिन गएको बसमा छात्रा अग्रवाल चढ्न लाग्दा बस हिँडेको थियो ।

उनको सन्तुलन नमिलेपछि अनियन्त्रित भइ सडकमा लडेकी थिइन् । पछि आफै चढ्न खोजेको ना २ ख ८९३ नम्बरको बसले किचेको प्रत्यक्षदर्शी बताए । आक्रोशित स्थानीय बासिन्दाले बस घेरेका छन् भने प्रहरीले बसलाई सुरक्षा दिएको छ । प्रहरीले बसका चालकलाई पनि नियन्त्रणमा लिएको छ ।