स्थानीय निर्वाचन नजिकिदै जाँदा कार्यालय, विद्यालय, घर र पसलमा बम विष्फोट

सप्तरीको शत्रुघ्न चोकस्थित रोहित साहको घरको तल्लो तलामा रहेको हरिशंकर साहको किराना पसलमा राति साढे एक बजे बम विष्फोट भएको छ । बोदे बर्साइन नगरपालिका १ स्थित इलाका प्रशासन कार्यालयमा गएराति शक्तिशाली बम विष्फोट भएको सप्तरी प्रहरीले जनाएको छ ।

 माथिल्लो तलामा रहेको इलाका प्रशासन कार्यालयमा भने कुनै क्षति नभएको प्रनाउ उप्रेतीले बताउनुभयो । बम विष्फोटले मानवीय क्षति नभए पनि साहको पसलको झ्यालको सिसा र दराजको सिसा फुटेको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो । यसअघि राजविराज नपा ८ स्थित नापी कार्यालयमा गत बैशाख २९ गते अपरान्ह चार बजे सोही समूहले बम विष्फोट गराएको थियो ।

आसन्न स्थानीय निर्वाचन नजिकिदै जाँदा कार्यालय, विद्यालय, घर र पसलमा बम विष्फोटका घटना हुन थालेपछि जिल्लावासी आतंकित बनेका छन् । बम विष्फोटको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्वको अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ ।