आफ्नो शौख पूरा गर्नका लागि ज्यान जोखिममा

चीनका एक युवाले आफ्नो शौख पूरा गर्नका लागि ज्यान जोखिममा पारेर चर्चामा आएका छन् । २५ बर्षीय चिनियाँ युवा शी पिङले आफ्नो ज्यान जोखिममा राखेर आफूलाई ४६ हजार मौरीबाट टोकाएका छन् ।

उनले यति धेरै मौरीको हूललाई घण्टौं आफ्नो शरीरमा राखेका थिए । यसो गर्नुको उद्देश्य भने साह्रै सामान्य रहेको छ ।

 महका व्यापारी रहेका शीले मान्छेहरु आफूप्रति आकर्षित होउन र आफ्नो मह किनुन भन्ने सामान्य आकांक्षा राखेर यस्तो जोखिमपूर्ण काम गरेका हुन् । आफ्नो महको व्यापार बढाउनकै लागि उनले यो सबै गरेका हुन् ।

मान्छेहरुलाई आकर्षित गर्नकै लागि शीले सडकको बीचमा बसेर ४६ हजार महूरीले आफ्नो पूरै शरीर टोकाए । उनको शरीर ढाकेर बसेका मौरीको तौल ४५ किलोग्राम रहेको थियो । मौरीले ढाकेको उनको शरीर मूर्ति जस्तै देखिएको थियो ।