६ जना श्रीमतीका पति ५४ जना सन्तानका पिता

पाकिस्तानका एक ट्रक चालकका ६ जना श्रीमतीबाट ५४ जना सन्तान छन् । १८ वर्षको उमेरमा पहिलो विवाह गरेका अब्दुल मजिद मंगेल अहिले ७० वर्षका भए । बढी सन्तान र धेरै श्रीमती हुनुको कारण उनी युवा अवस्थामा आफूमा अत्यधिक यौनचाहना हुनुलाई मान्छन् । उनका ५४ जना सन्तानमध्ये १२ जनाको मृत्यु भैसकेको छ भने अहिले उनको साथमा २२ छोरा तथा २० जना छोरी छन् ।


मंगेलका दुईवटी श्रीमतीको मृत्यु भैसकेको छ । उनीसँग रहेका सन्तानमा सर्वाधिक जेठोको उमेर ३२ तथा कान्छी छोरीको उमेर २ वर्ष छ । पेसाले ट्रक चालक भएकै कारण समयमा उपचार र पोसिलो खानेकुरा नपाउँदा आफूले सन्तान तथा श्रीमती गुमाउनुपरेको अब्दुल बताउँछन् । उनको घरमा अहिले कमाउने भनेको ३२ वर्षीय छोरा तथा उनी मात्र हुन् । पेसाको मामिलामा छोरा पनि उनकै पदचिह्नमा छन् । सात कोठे मंगेलको घरमा बच्चाबच्चीहरू आफ्नी आमासँग सुत्छन् ।