काकाले दुई बर्षिय आफ्नो भतिजको टाउको काटेर जमिनमा गाडे

वैशाख १६ सिरहाको नरहा–३ खोरियास्थित भरोसी यादवको दुईवर्षे छोरा रञ्जनकुमार यादव घरबाटै तीन दिनअघि बेपत्ता भएका थिए । बेपत्ता बालकको हत्या गरी गाडिएको अवस्थामा शनीबार बिहान शव फेला परेको छ ।

दुईवर्षे बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काका सुरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ। गत बुधवार साँझ घरबाटै अचानक बेपत्ता भएका खोरिया निवासी यादवको दुईवर्षे छोरा रञ्जनकुमारको टाउको काटेर घर नजिकैको बारीमा गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बेपता बालकको खोजी गर्ने क्रममा घर नजिकैको बारीमा शव गाडिएको अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइहेको छ ।