करोडौँको गोदाममा आगोलागी

चैत २६ – सिरहाको मिर्चैया-५ स्थित जीवन श्रेष्ठको यशोदा इलेक्ट्रोनिक्स सेन्टरमा शनिबार बिहान आगलागी भएको छ । आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको सामान जलेर नष्ट भएको छ । आफ्नै घरमा सञ्चालित इलेक्ट्रोनिक्स गोदाममा हावाहुरीसँगै परेको चट्याङले आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ ।

आगलागीबाट एलसिडी रेफ्रिजेरेटर, राइसकुकर, आइरण मेसिनलगायत एक करोड १५ लाख रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामान जलेर कामै नलाग्ने भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ  ।

राति २ बजेतिर लाग्न सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा, मिर्चैया, गोलबजार, लहान र सिरहाबाट आएको वारुण यन्त्रणको सहायताले दुई घण्टापछि निभाइएको हो ।