डाक्टरको लापरवाहीका कारण सुत्केरी महिलाको मृत्यु

रुपन्देही लुम्बिनी अञ्चल अस्पतालमा  सुत्केरी बेथा लगोर आएकी  महिलाको उपचारको क्रममा मृत्यु भएको छ । बुटबल ११ न्यु दुर्गानगर निवासि २७ वर्षिय मिनाबुढा मगरको सोमबार साझ मृत्यु भएको हो जस्को कारण अस्पतालमा तनाब भएपछि वाक्लो रुपमा प्रहरी परिचालन गरीएको छ । मृतकका आफन्तले दोषिलाई कारबार्हि र क्षतिपुर्तिमाग गरेका छन ।

अस्पतालले लाहप्रवाहि गरेको भन्दै आफन्तहरुले अस्पतालमा धर्ना दिएका छन । अस्पतालले जनाएको छ । विहान १० बजे अस्पताल आएकी मिनाबुढा मगरको साझ  मृत्यु भएको थियो ।मिनाबुढालाई अस्पतालमा भर्ना भैरहदा ओठमुख सुन्निएको वच्चा नचलेको भनेपनि  उनीहरुका कुरा नसुनिएको आफन्तले बताएका छन । उनका श्रीमान कुलमान बढाले भने भोलीयन्तरनर्सको जिम्मा छोडर डाक्टर किल्नीकमा  गएकाले आफनी श्रीमतिको मृत्यु भएको बताए । उनीहरु सुकुम्बासी बस्तीमा बस्ने  र मजदुरकाम गर्दै आएका थिए । मृतकका १० वर्षिय छोरा रहेका छन ।

अस्पतालका सुचना अधिकृत लक्ष्मीराज रेग्मीले  गल्ती नभएको बताएका छन । मृतक मिनालाई  स्त्रीरोग डाक्टर श्रीधर आर्चाय डाक्टर विष्णु गौतम र डाक्टर शिला क्षेत्रिले हेरेका थिए ।