दैवीशक्ति प्राप्त हुने र विद्यासिद्धि हुने विश्वासमा जिब्रो छेडे

बर्दिया बेलवा घर भएका  ७५ बर्षीय तेजराम महावतले आफूले सोचेको कुरा पुरा होस् भन्दै हातमा त्रिशुल लिएर जिव्रो छेडेका छन् । उनले सानै उमेरदेखि निरन्तर रामनवमीका दिनमा ब्रत बसेर जिब्रो छेड्दै आएको बताए । बर्दियाकाजिव्रो छेडेर नेपालगञ्ज बागेश्वरी मन्दिर परिक्रमा गरे । रामनवमीका दिन जिव्रो छेड्दा मनले सोचेको कुरा पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको उनको भनाई छ ।

महावतले जस्तै बर्दियाकै अर्का साठी बर्षीय बृद्ध लक्षुराम मगन्ताले पनि जिव्रो छेडे ।  उनले घरपरिवारमा सुख, शान्ति बढ्नुका साथै मोक्ष प्राप्त हुने आशाले उनले जिव्रो छेडेका हुन् । नेपालगन्ज वागेश्वरी मन्दिरमा हरेक वर्ष जिब्रो छेड्ने परम्परा अनुसार आफूले पनि जिव्रो छेडेको बताउने मगन्ताले भने –‘रामनवमीमा नौ दिनसम्म निराहार ब्रत बसेर जिब्रो छेड्दा घरमा दुःख विमार लाग्दैन ।’

यो दिनमा जिव्रो छेडेपछि घरमा सम्पत्तिको रक्षा हुने भक्तजनहरुको विश्वास रहेको छ । यक्ष र मोक्ष प्राप्ति हुने विश्वासले विभिन्न ठाउँका विभिन्न समुदायका भक्तजनहरुले जिव्रो छेडेको बागेश्वरी मन्दिरका मूल पुरोहित चन्द्रनाथ योगीले बताए ।

हिन्दु धर्मावलम्वीहरुले बैशाख शुक्लपक्षको परेवादेखि निरहार ब्रत बसेर चैतेदशैंको भोलिपल्ट रामनवमीका दिन जिब्रो छेडेर चढाउने परम्परा परापूर्व कालदेखि चलिआएको छ ।