विदेशीएका बुवा फर्केनन , आमाले गरिन आत्महत्या

विदेश गएर आर्थिक रुपमा सबल भएका उदाहरण धेरै छन ।  तर त्यही वैदेशिक रोजगारीले बिचल्ली भएकाहरु पनि छन् । त्यसरी नै बिचल्ली भएको छ, धनुषाका  पल्टु यादवको परिवार । ' वैदेशिक रोजगारीले दिएको पीडा हेर्न पल्टु यादवको परिवार हेरे पुग्छगाउँलेहरु ' भन्छन्  ।

साँच्चै भएको पनि त्यस्तै छ । छोराछोरीको बिचल्ली भएको छ ।  ७ वर्षअघि ओमान गएका पल्टु उतै हराएका छन् भने श्रीमतीले आत्महत्या गरिन् । धनुषाको सिनुरजोडा १ का यादव ७ वर्षअघि जोर्डन जानुभएको हो । उहाँ ३६ प्रतिशतको चर्को ब्याजमा २ लाख रुपैयाँ ऋण लिएर विदेश जानुभयो । आफ्नो खेतबारी नभएका यादवलाई श्रीमती, ४ वर्षकी छोरी, २ वर्षका छोरा अनि भाइसहित ५ जनाको परिवार चलाउन मुस्किल प¥यो ।

paltu.jpg

जोर्डन पुगेको एक वर्षसम्म फोन गरिरहेका यादवले त्योबिचमा श्रीमतीलाई केही पैसा पनि पठाउनुभयो । तर कति पैसा पठाउनुभयो भन्ने अरुलाई थाहा छैन । एक वर्षपछि यादवले घरमा फोन गर्न कम गर्न थाल्नुभयो । श्रीमतीले उहाँलाई यतैबाट फोन गर्न पनि खोज्नुभयो तर सम्पर्क भएन ।

कमाउन गएको श्रीमान सम्पर्क विहिन भएपछि परिवार चलाउने खर्च जुटाउन समस्या हुन थाल्यो सीतादेवी आफैं मजदुरी गर्न हिँड्न थाल्नुभयो । तर उहाँले त्यसमा पनि सुख पाउनुभएन । उहाँलाई गाउँले अरु नै पुरुषसँग नाम जोडेर कुरा काट्न थाले । सीतादेवीलाई श्रीमान परदेशमा बेपत्ता भएकोले भन्दा गाउँले कुरा यत्ति नमज्जाले बिज्यो कि उहाँले आत्महत्या गर्नुभयो । अहिले पल्टुकी छोरी पुनिताकुमारी र छोरा अमनकुमार कहिले मामाको घर त कहिले सानीआमाको घरमा बस्छन् ।

उनीहरुको हेरचाह गरिरहेका रामएकवाल कसैले सहयोग गरिदिए उनीहरुले पढ्न पाउँथे भन्ने आशामा हुनुहुन्छ । परिवारको सुख खोज्दै परदेशीएका पल्टु यादव अहिलेसम्म पनि सम्पर्कमा आएका छैन । श्रीमतीले आत्महत्या गरिन । बुवाआमाको गलत निर्णयको सिकार भएका छन्, दुई छोराछोरी । छोरी ११ वर्ष भइन् अनि छोरा ९ वर्षका । कलिलै उमेरमा बुवाआमा बिहीन भएका दुई बालबालिकाको पढाइ पनि प्रभावित भएको । ‘स्कूलमा उनीहरुको नाम त लेखाएका छौं तर उनीहरु सँधै स्कूल जान पाएका छैनन्’ पल्टुका रामएकवालले भन्नुभयो ।