आगलागी हुदा ३५ लाख भन्दा बढीको क्षती

दमकः मंगलबार राती झापाको मेचीनगर नगरपालिका-१ बस्ने पदम चौलागाईको २ तले घरमा आगलागी हुदा ३५ लाख बढीको क्षती भएको छ ।

आगोले उनको घर तथा घरभित्र भएको नगद ७ लाख १० तोला सुन, कम्प्युटर लगायत सम्पूर्ण समान समेत जलेर नष्ट भएको छ ।  आगो बेलुका ९ बजेतिर विद्युत सर्ट भइ अचानक लागेको हो ।आगलागी प्रहरी चौकी बाहुनडँगीबाट खटिएको प्रहरीको टोली, स्थानियवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।