विस्फोटमा परि ज्यान गुमाउनेको सँख्या १० कम्तिमा ५० जना घाइते

रसिया - रसियाको सेन्ट पिटर्सवर्गमा दुईवटा मेट्रो स्टेशनमा विस्फोट, विस्फोटमा परि  १० जनाको ज्यान गयो भने ५० जना घाइते भएका छन् । घाइते हुनेमा बालबालिका धेरै रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति भ्ल्यादिमिर पुटिनले पनि घटनाको सम्बन्धमा विस्तृत अध्ययन गर्ने र आतंकवादविरुद्ध अनुसन्धान गर्ने बताउनुभएको छ । घटनामा संलग्नता र कारणबारे अनुसन्धान भइरहेको छ।

प्लुचैड मेट्रो स्टेशन र इन्स्टिच्युट अफ टेक्नोलोवी स्टेशन बाहिर विस्फोट भएको हो । अहिले स्टेशन खाली गराएर अनुसन्धान सुरु गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।