अध्यनका अनुसार बढी टीभी हेर्ने बालबालिकालाई मधुमेहको सम्भावना

चैत्र १९, दिनहुँ तीन घन्टाभन्दा बढी समय टीभी, कम्प्युटर, टयाबलेट, स्मार्ट फोन आदिमा बिताउने बालबालिकालाई स्वास्थ्यका लागि हानिकारक छ मधुमेहसमेत हुन सक्छ । यसरी निरन्तर स्क्रिनमा दिनहुँ समय खर्चिनु उनीहरूक लागि राम्रो होइन् ।  

आर्काइभ्ज अफ डिजिज इन चाइल्डहुडमा यो अध्ययन प्रकाशित छ । यो अध्ययन मेटाबोलिक र कार्डियोभास्कुलरसम्बन्धी परीक्षणको लागि बेलायती सहर बर्मिंघम र लिसेस्टरका ९–१२ वर्ष उमेर समूहका साढे चार हजार बालबालिकामा गरिएको हो । दुई सय प्राथमिक स्कुलबाट ती बालबालिका छानिएका थिए ।

बाल्यकालको प्रारम्भिक वर्षमा टीभी स्क्रिनमा कम समय बिताउने बालबालिकामा टाइप–२ मधुमेह हुने जोखिम कम हुन्छ । इन्सुलिनले पाचनग्रन्थीका माध्यमले हार्मोनबाट ब्लड ग्लुकोजको स्तर बढ्नबाट रोक्छ । इन्सुलिनको यो काममा मधुमेहले बाधा उत्पन्न गर्छ ।

अध्ययन अनुसार, डिजिटल माध्यमप्रति बालबालिकाको निरन्तर लगाव उनीहरूमा मोटोपनको कारक हुन सक्छ । यस्तो बानी ‘इन्सुलिन रेजिस्टेन्स’ का लागि जिम्मेवारसमेत हुन सक्छ ।