राजधानीको सामाखुशीमा आगलागी

मंगलबार साँझ राजधानीको सामाखुस आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग गोंगबुका इन्सपेक्टर सुवास खड्काका अनुसार एक वर्कशपबाट आगलागी सुरु भएको थियो। ट्याक्सी वल्डिङ गर्ने क्रममा आगलागी भएको इन्सपेक्टर खड्काले जानकारी दिनुभयो ।

दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आइसकेको छ । १५ लाख जतिको क्षति भएको बताइएको भए पनि क्षतिको पूर्ण विवरण आइनसकेको खड्काले जानकारी दिनुभयो ।