आगलागीका कारण एकै घरका तीन जनाको मृत्यु

नेपालगन्जः डुडुवा गाउँपालिकामा आगलागी हुदाँ तीन जनाको मृत्यु भएको छ । राती १२ बजेतिर मुन्सीलाल मुराउको घरमा आगलागी हुँदा उहाँका तीन छोराछोरीको मृत्यु भएको हो ।

आगलागीका कारण १० वर्षीय सोमी मुराउ, ८ वर्षीय राधना मुराउ र ६ वर्षीय पवन मुराउको मृत्यु भएको हो ।  आगलागीका कारण ६ वटा घर जलेर नष्ट भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।