९ महिने बच्चासहित बेपत्ता दिक्षा

वैशाख ८ , दोलखा घर भएकी दिक्षा पोखरेल न्यौपाने चैत २९ गतेदेखि बेपत्ता हुनुभएको छ  । भक्तपुरको कटुन्जेमा डेरा गरी बस्दै आएकी दिक्षा घरवेटीलाई कपन दाइको घरमा जान्छु भन्दै हिँडेको तर अहिलेसम्म सम्पर्कमा नआएको उहाँकी आमाजु सीता न्यौपानेले जानकारी दिनुभयो ।

हराएकी भनिएकी दिक्षाको साथमा नौ महिनाको छोरी पनि रहेको न्यौपानेले बताउनुभयो । विभिन्न ठाउँमा खोजी गर्दा पनि भेटाउन नसकिएको भन्दै उहाँले खोजीका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ । खोजीका लागि प्रहरीमा पनि उजुरी गरेको तर आजसम्म कतैबाट पनि कुनै सूचना पाउन नसक्दा आफूहरुलाई चिन्ता थपिएको उहाँले बताउनुभयो । बेपत्ता भएकी दिक्षाको श्रीमान मेघराज न्यौपाने वैदेशिक रोजगारका लागि दुवईमा हुनुहुन्छ ।