एक साता अघि घरवाट बेपत्ता भएका एक पुरुष भुुण्डिएको अबस्थामा

चैत्र २० - दाङको सामुदायिक बनमा एक पुरुषको शव भुुण्डिएको अबस्थामा फेला परेको छ । महिला नमुना सामुदायिक बन तुलसीपुर ३ गहतेमा ४८ वर्षीय देविलाल केसीको शव झुन्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

वनमा दाउरा लिन गएका स्थानीय बासिन्दाहरुले पुरुषको शव रुखमा झुन्डिएको देखेपछि प्रहरीलाई खवर गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताएका छन् । उनले केसीका परिवारले एक साता अघि घरवाट बेपत्ता भएको भन्ने निवेदन ईलाका प्रहरी कार्यालयमा दिएको जानकारी दिए ।