पेट्रोल पम्पमा आगो लागि

 चैत २० – डोटीको दिपायलमा रहेको जेबी आयल स्टोरमा आगो लागेको छ ।  नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

 

 व्यस्त बजारमा रहेको पम्पमा लागेको आगोले नजिकै रहेको राष्ट्रिय बाणिज्य बैंक पनि जलेको छ । पम्पमा आगो लाग्न सुरु भए लगत्तै बैंकका कर्मचारी तथा सेवाग्राही बाहिर निस्किएका कारण मानवीय क्षती हुन पाएन ।

तर बैंकमा रहेको नगद तथा अरु जिन्सी सामान जलेर नष्ट भएको छ । बैंक परिसरमा रहेका गाडी पनि जलेका छन् । आगलागीबाट ठूलो क्षति भएपनि कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । आागो लाग्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।