करिब तीन लाख रुपैयाँ पर्ने साइकल

इटालियन प्रिमियम  दुई पांग्रो ब्रान्ड बेनालीको नेपालका लागी आधिकारिक बिक्रेता केटिएम इन्टरनेशल ट्रेडिङले  विद्युतीय साइकल नेपाली बजारमा ल्याएको छ । ब्याट्रीबाट चल्ने चारवटा विद्युतीय साइकल नेपाली बजारमा ल्याएको ट्रेडिङले तिनको बजार मूल्य भने १ लाख ९० हजारदेखि  २ लाख ९० हजार रुपैयाँ मूल्य रहेको  छ

एक्ली, एल्पन, सिटी लिङ्क स्पोर्ट र स्केजिएट्स  गरी चारप्रकारका साइकल ल्याएको छ ।  यसमध्ये स्केजिएट्सको मूल्य सबैभन्दा बढी रहेको छ । जसको मूल्य २ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।  सबै प्रकारका सडकमा गुडाउन सकिने यो बाइक आरामदायी तथा जोखिपूण साइकिलिङ रुचाउनेहरुको लागि उपयुक्त भएको कम्पनीको दाबी छ । 

रिचार्ज गर्नमिल्ने लिवन ब्याट्री रहेको यसमा एकपटक चार्ज गरेपछि चारदेखि ६ घण्टासम्म टिक्ने जनाइएको छ । अधिकतम एक  घण्टामा २५ किलोमिटर कुद्नसक्ने यसको गति रहेको छ ।