साथीलाई बचाउँने क्रममा ४ युवकको मृत्यु

वैशाख १, २०७४- रेलको ढोकामा अडिएर सेल्फी खिच्न खोज्ने साथी चिप्लिंएर झरेपछि बचाउन खोज्ने चार युवकको निधन भएको छ । भारतको बंगालमा बिहीबार भएको घटनामा मृत्यु हुने चारै जना २५ देखि ३० वर्षका थिए । 

प्रहरीका अनुसार तेरकनाथ माकल नामक युवकले रेलको ढोकामा उभिएर सेल्फी खिच्न खोज्ने क्रममा चिप्लिएका थिए । तत्काल उनलाई बचाउन चारै जना रेलबाट हाम्फालेका थिए । तर, विपरीत दिशाबाट आएको अर्को रेलले उनीहरुको ज्यान लग्यो ।  मृत्यु हुनेमा सुमीत कुमार, सञ्जीव पोले, काजल साह र चन्दल पोले रहेको प्रहरीले जनाएको छ ।

माकल भने अस्पतालमा उपचाररहत छन् । उनको अवस्था गम्भीर छ । पाँचजना एक मन्दिरमा पूजा गरी फर्किएका थिए ।