माछा मार्ने क्रममा एक युवकको मृत्यु

चैत - करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर प्यूठान झिमरुक गाउँपालिका–५ का १७ बर्षीय केशव जिसीको मृत्यु भएको छ ।

उनीसँगै माछा मार्न गएका अन्य चार जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रन्जितसिंह राठौरले बताए ।

गएराती झिमरुक खोलामा साथीहरुसँग माछा मार्न गएको समयमा करेन्ट लागेर घाइते भएका थिए । केशव जिसीको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।