काभ्रेमा सडक दुर्घट्ना , दुईको मृत्यु ६ जना घाइते

विपी राजमार्ग अन्तरगत सिन्धुलीको नेपालथोक-भुकुण्डेबेसी सडकखण्ड अन्तरगत सिन्धुलीको सीमाना नजीकै काभे्रको रोशी गाउँपालिका-११ को पिप्लेमा सडक दुर्घट्ना हुँदा दुई जनाको मृत्यु भएको छ ।

 काभ्रेको धुलिखेलबाट सिन्धुलीतर्फ आउँदै गरेको बा४५प ६७५३ नम्बरको मोटरसाइकललाई खोटाङको दिक्तेलबाट काठमाण्डौंतर्फ गइरहेको बा४ख ६०३ नम्बरको बसले ठक्कर दिँदा दुई जनाको मृत्यू भएको हो ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार ओखलढुङ्ग जिल्ला कार्केश्वर गाविस-३ का ३५ वर्षीय मिनबहादुर पौडेल रहेका छन् । उनीसंगै सवार अर्का एक व्यक्तिको भने शनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनु भएको छ ।

सिन्धुली तर्फ आउँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ अघि बढिरहेको ना१ज ४६९५ नम्बरको सुमोलाई ओभरटेक गर्न खोज्दा बसले ठक्कर दिएको थियो । प्रहरीकमा अनुसार मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थलमै मृत्यू भएको भएको थियो । घट्नामा परि बस र बोलेरोमा सवार ६ जना यात्रु घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको जनाइएको छ ।