सांसद गुप्ताको उद्योगमा भिषण आगलागी

वीरगञ्ज, नेकपा एमालेका सांसद राजकुमार गुप्ताको वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडी रहेको  शिवम स्टिल उद्योगमा भिषण आगलागी भएको छ । दिउँसो साढे ३ बजे लागेको आगो बेलुका ६ बजेतिर निभाइएको प्रहरीले जनाएको छ ।

बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीको यकिन कारण र धनजनको क्षतीका बारेमा विवरण आउन भने बाँकी नै छ । 

वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको हो ।