आप्रबासी क्याम्पमा भीषण आगलागी

चैत २९ – फ्रान्सको उत्तरी क्षेत्रमा रहेको आप्रबासी क्याम्पमा भीषण आगलागी भएको छ । १५ सय भन्दा धेरै आप्रबासी रहेको क्याम्पमा आगलागी हुँदा टहरा नष्ट भएका छन् ।

आगलागीका कारण कम्तिमा १० जना घाइते भएका छन् । गएको महिना फ्रान्सका अधिकारीले यो आप्रबासी क्याम्पमा द्वन्द्व रहेको बताएका थिए ।

 आगलागीका कारण क्याम्पका सबै टहरा नष्ट भएको र अब खरानी मात्रै बाँकी रहेको स्थानीय अधिकारीले बताएका छन् ।