खोलाको खोल्सीमा लगेर ९ वर्षीया बालिकालाई बलत्कार

मावली घरमा बस्दै आएकी ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् । नजिकैको खोलाको खोल्सीमा लगेर बलत्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताए । बालिका बलात्कृत भएको खबर परिवारले इलाका प्रहरी कार्यालय भिमानलाई दिएको थिए । उनीलाई कमलामाई नगरपालिका–१४ काउँछेका १७ वर्षीय रुद्रबहादुर आलेमगरले बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । प्रहरीले बलत्कार गर्ने आलेमगरलाई पक्राउ गरेको उनले बताए ।

खोल्सा नजिकै आलेले बालिकालाई बालोएर लगेपछि बलत्कार गरेको परिवारले जनाएको छ । दिदीको यौनीबाट अत्याधिक रगत बगेको बहिनीले देखेपछि आमालाई खबर गरेकी थिइन् । त्यसपछि आमाले सोधपुच्छ गर्दा आलेले बलत्कार गरेको खुलेको थियो ।

घटनापछि बालिकाको सिन्धुली अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गराइएको छ भने आरोपी आलेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्ला अदालतमा म्याद थप गरी थुनामा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बरालले बताए ।