भारतीय बजार बाट लागुऔषध खरिद

रुपन्देही , १६ - चैत्र भारतीय सिमावर्ती बजार सुनौलीबाट अवैध लागुऔषध शरीरमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीवाट खटिएको  लागुऔषध नियन्त्रणको टोलीले  लागुऔषध सहित दुई जना युवा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही धकधई २ का १८ वर्षीय कृष्ण भुज र केरवानी १ का १८ वर्षीय मुविन पठान रहेको प्रहरीले जनाएको छ । उनीहरु पक्राउ परेको लागुऔषध नियन्त्रण ब्यूरो शाखा भैरहवाले जनाएको छ । उनीहरुका साथबाट टिडी जेसिक डाइजेपाम २ सय ५० सीसी, फेनरागन २ सय ४१ सीसी र नुफिन २ सय ५० सीसी बरामद भएको छ ।

बरामद लागुऔषधको बजार मूल्य ७० हजार रुपैयाँ रहेको छ । पक्राउ परेका युवाहरुले सिमावर्ती भारतीय बजारको समिर मेडिकलबाट लागुऔषध खरिद गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्याालयले जनाएको छ ।