बिहेकै लागि भिक्षु पद त्याग

चैत्र १७, २०७३ - ३३ वर्षका थाये दोर्जेले सानैदेखि आफूलाई बौद्ध धर्मका गुरु कर्मापा लामाको पुनर्जन्म पाएको दाबी गर्थे ।  बुद्ध धर्मको महत्वपूर्ण पद त्यागेर तिब्बती लामाले भारतको नयाँ दिल्लीमा आफ्नी बाल्यकालको साथीसँग बिवाह गरेका छन् ।

तर, दलाई लामासहित बौद्ध धर्मको कर्मा काग्यूका अनुयायीहरु अर्का भिक्षु उग्र्येन ट्रिन्लेलाई मान्थे । तिब्बती बौद्ध अनुयायीहरुमाझ यो ठूलो विवाद थियो । यसैको बीचमा दोर्जेले ५ दिन अघि नयाँ दिल्लीमा विवाह गरेको घोषणा गरेपछि धेरैले आश्चर्य मानेका छन् ।

‘मलाई भित्रैदेखि लागेको छ मेरो विवाहले मलाई मात्रै नभएर मेरा सन्ततिहरुमा पनि सकारात्मक प्रभाव पर्छ’, दोर्जेलाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘हामी सबैको लागि केही राम्रो र सुन्दर चिज हुनेछ ।’ उनले विवाह गरेको ३६ वर्षीया रिञ्चेन याङ्जोम भुटानमा जन्मिएकी हुन् र उनले भारत र यूरोपबाट शिक्षा लिएको विज्ञप्तीमा भनिएको छ ।

दोर्जे तिब्बतमा जन्मिएका हुन् र उनको पितासमेत बौद्ध धर्म गुरु थिए । उनको बारेमा प्रकाशित आधिकारीक जीवनीका अनुसार उनी डेढ वर्षको उमेरमा हुँदादेखि अरुलाई आफू कर्मापा भएको बताउँथे । तिब्बती परम्पराअनुसार भिक्षुहरुले दिवंगत धर्मगुरुको रुपमा पुर्नजन्म पाएका व्यक्तिहरुको छनौट गर्छन् ।