परदेशीको पिडाः भनेको समयमा तलब दिइँदैन, पाएको तलब पनि बाटोमा चोरी हुने डर

नेपालमा बरोजगार भएर होस या भनेको जति तलब सुविधा नभएर, परिवारको विहान बेलुकाको भोजनको जोह गर्न होस या छोरा छोरीलाई गुण्स्तरीय शिक्षा दिई उज्जवल भविष्यको कामनामा होस परदेशीने सङ्ख्या बढ्दो छ । बहिर जो जस्तो देखिए पनि परदेश भित्रको पिडा तथा व्यथा कहाली लाग्दो तथा दर्दानाक छ । यसै कथा व्यथा हो एक परदेशीको हो । परदेशमा दुःख गरेको देख्दैनन् आफन्ता तर थेरै कामाएको देख्छन्  । उनी भन्दछन् म २०६४ वैशाख १५ गतेदेखि परदेशी जीवन बिताइरहेको छु । म पनि यस्तै ठूलो सपना बोकेर परदेश साहुको एक लाख पचास हजार रुपैयाँ सय कडा पाँच रुपैयाँका दरले ऋण लिएर मलेसिया आएको हुँ । १० वर्ष पुग्न लाग्यो तर मैले परदेशको कमाइले पहिला सोचे जसरी घर बनाउन सकेको छैन । पैसा त कमाउन सकिन नै साथीभाइ पनि कमाउन सकिन ।

हो यस्तै छ परदेश । घरबाट फोन गर्दा आमाबुवाले छोरा पैसा कहिले पठाउँछस् भन्नुहुन्छ जसोतसो कमाएको पैसा पठाउँछु पनि । आमाबुवा तेरो साथीले जग्गा किन्यो भन्दै सोध्नुहुन्छ हामी कहिले किन्ने रु अनि भाइबहिनीलाई कम्प्युटर र मोबाइल चाहियो रे । उफ्फ परदेशी जीवन । परदेशीसँग सबैका आ–आफ्नै आशा अनि अपेक्षा हुन्छन तर परदेशमा साहुले भनेको समयमा तलब दिँदैन । बिरामी पर्दा उपचार गर्न पाइँदैन ।

मलेसियामा झन बिचल्ली छ परदेशीको । भनेको समयमा तलब दिइँदैन । ड्युटी जाँदा बाटोमा चोरी हुने हो कि आक्रमणमा परिने हो ठेगान हुँदैन । नेपालीका लागि विदेशी त भए नै नेपालीहरु पनि शत्रु हुँदा रहेछन् । सहयोग गर्नुको साटो नेपाली साथीहरुले काम गर्न जानिनस भन्दै उल्टै हेप्छन् । खान बस्न साह्रै मुस्किल छ  ।

परदेशमा एउटै कोठामा ४० र ४५ जनालाई पशु जस्तै गरेर राख्छन । कतै भन्छु भन्यो भने पुलिस लगाइदिन्छु भन्दै उल्टै धम्क्याउँछन् । के गर्ने परदेश यस्तै रहेछ । न त साथी भाइ नै खुशी बनाउन सकियो न त घर परिवार नै ।

गाउँ घर परिवारको याद आउँदा भक्कानिएर रुन्छु । रुनु बाहेक परदेशीसँग अर्को के नै विकल्प छ र ।  त्येसैले गाउँ घरमै जे हुन्छ मेहनत गरौं गाउँमै हिरा फलाउँ । सबैको माया पनि पाइन्छ । सबैले चिन्छन पनि । कामको पनि मुल्य पनि त पाइन्छ । त्यसैले मेरो विचारमा जे छ आफ्नै जन्मभूमिमा छ ।