पाल्पा अस्पतालमा खानेपानीको अभाव

रुपन्देही १३ पाल्पा अस्पतालमा खानेपानीको समेत अभाव हुँदा बिरामी उपचार प्रभावित भएकोले तत्काल खानेपानी ब्यवस्थापन गर्न मानबअधिकार कर्मीहरुले माग गर्दे ज्ञापन पत्र बुझाएका छन ।  मानवअधिकार निगरानी समूहको पहलमा जिल्लामा क्रियाशील मानवअधिकारकर्मीहरुले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख  डा. उमाशंकर प्रसाद चौधरी र अस्पताल बिकास समितिका अध्यक्ष डा. पुरन बज्राचार्यलाई ज्ञापन पत्र  बुझाएको वताएका छन ।

ज्ञापनपत्र बुझाउँदै निगरानी समूहका संयोजक भगवान भण्डारी, मानवअधिकार सरोकार केन्द्रका अध्यक्ष दिवाकर पाण्डे, कोक्याप क्षेत्रीय संयोजक राजेन्द्र बस्याल, मानवअधिकारकर्मी टेकु ढेंगा सहित अन्य पदाधिकारीहरु रहेका थिए ।  

ज्ञापनपत्र बुझेपछि  डा. उमाशंकर चौधरीले  अस्पतालमा पानीको ब्यबस्थागर्न पहल गर्ने बताएका छन । पाल्पामा पानीको समस्या रहेको भएपनि अस्पताललाई पानीको समस्या समाधान गर्न पहल भैरहेको बताए।