प्यूठानमा जीप दुर्घटना

चैत्र १४ । प्यूठानमा पिक अप जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन । तुषाराबाट बाग्दुलातर्फ जाँदै गरेको भे १ च २०६४ नम्बरको जीप प्यूठान –मरन्ठानामा आज बिहान दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा चालक बाँके कचनापुरका चन्दनसिंह कामी र सहचालक प्युठान चुजाका कृष्ण भण्डारी  गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।जीप सडकबाट करिब १ सय मिटर तल खोलामा खसेको शसस्त्र प्रहरी बल गाजुरी प्यूठानका ईन्स्पेक्टर हरि पराजुलीले बताएका छन् ।