स्वर्गद्वारी दर्शनका लागि गएको जीप दुर्घटनामा ज्यान घुमाउनेको संख्या आधा दर्जन ।

चैत्र ११ । स्वर्गद्वारी दर्शनका लागि ललितपुर सातदोबाटोबाट गएको जीप प्युठानको भिङ्ग्रीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । बा ८ च १५६१ नम्बरको जीप आज बिहान पौने ८ बजे सडकबाट करिब १५० मिटर तल भिरमा खस्दा ५ महिला र १ पुरुष गरी छ जनाको ज्यान गएको हो ।

दुर्घटनामा दुई महिला र सवारी चालक ललितपुर जिल्ला गोठीखेल २ का २१ वर्षीय सरोज घले गरी तिन जना घाइते भएका छन् । चालक घले र एक महिलाको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भइरहेको छ । दुई महिलाको अवस्था गम्भीर रहेको प्युठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताएका छन् । 

दुर्घटनास्थलबाट स्वर्गद्वारी आश्रम तिन किलोमिटरको दूरीमा पर्छ । एक महिलालाई उपचारका लागि बुटवल रिफर गरिएकोे छ । मृतकहरुमध्ये एक जना दिनेश पोख्रेलको नाम खुलेको तर ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।