अनाथ बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग

चैत १३ – रोजगारीका सिलसिलामा कुवेतमा कार्यरत नैनकला राईले काठमाडौंको नेपाल समाज केन्द्रमा रहेका अनाथ बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्नुभएको छ । केन्द्रमा ६७ जना बालबालिका छन् । 

सोफ्ट सर्भिसेस कोअर्डिनेटर एकोभर्टएफएम कुवेतमा कार्यरत राईले छुट्टिमा आएका बेला अनाथ बालबालिकालाई सहयोग गर्नु भएको हो । किरात राई यायोक्खा कुवेतकी उपाध्यक्ष समेत रहेकी नैनकला कुवेतबाट सञ्चालन हुने एक अनलाइन पत्रिकामा आबद्ध पत्रकार हुनुहुन्छ ।