भारतीले चोरीनिकासी गरी २ लाख २२ हजार ६ सय बराबरको लत्ता कपडा नेपाल भित्र्याए पछि

चैत्र ९ । बाँकेको नेपालगञ्जबाट ठूलो परिमाणमा अबैध रुपमा भन्सार चोरी गरी भित्राएको लत्ताकपडासहित एक भारतीय ब्यबसायी पक्राउ परेका छन् ।

नेपालगञ्ज –५ न्युरोडस्थित कुन्नुदेबी कौसलको घरमा भाडामा नवदुर्गा ईन्टरप्राईजेज कपडा पसल संचालन गरिरहेका भारत राजस्थान घर भएका महेषकुमार पारित पक्राउ परेका हुन् । उनी अबैध रुपमा भारतबाट चोरीनिकासी गरी ल्याएको अन्दाजी २ लाख २२ हजार ६ सय बराबरको लत्ता कपडासहित  पक्राउ परेको बताइएको छ ।


उनको पसलबाट अबैध सर्टपाइन्टको ४०८ पिस कपडा, पाईन्ट सुटको ३७४ थान कपडा र ६० थान कट्टु रिक्सा चालक मदनेश बंशकारले ल्याउँदै गरेको अबस्थामा पक्राउ गरिएको अन्चल प्रहरी कार्यालय भेरीले जनाएको छ ।

प्रहरीका अनुसार नवदुर्गा ईन्टरप्राईजेज पसलबाट सटापाईन्ट ९८ थान, पाईन्ट सुट ७४ थान र नेपालगञ्ज –५ मुन्नु गुप्ताको घरको तल्ला तला ग्रिला लगाएको कोलियाबाट सटापाईन्ट ३१० थान , पाईन्ट सुट ३०० थान तथा ६० थान कट्टु बरामद गरिएको हो ।
पक्राउ परेका पारितसहितका ब्यक्तिहरुमाथि थप अनुसन्धान सुरु गरिएको अञ्चल प्रहरी कार्यालय भेरीले जनाएको छ ।