ग्यास लिक भएर सुर्खेतको एक पसलमा आगलागी

चैत्र ९ । ग्यास लिक भएर सुर्खेत विरेन्द्रनगरको एक पसलमा आगलागी भएको छ । सिलिण्डरबाट ग्यास लिक भएर विरेन्द्रगर –१० खजुरामा रहेको गणेश बोगटीको पसलमा आगलागी भएको हो । आगलागीबाट पसलमा भएका सबै खाद्यान्न तथा किराना सामान पुर्ण रुपमा जलेर नष्ट हुँदा करिब दुई लाख बराबरको क्षति भएको छ ।

करिब दुई घण्टासम्म लागेको आगो स्थानीय छिमेकीहरुको सहयोगमा नियन्त्रणमा आएको बोगटीले जनाएका छन् । ग्याँस लिक भएर पसलमा एक्कासी आगलागी हुँदा घरमा बसेका सबै मानिसहरुको भागदौड मच्चिएको थियो ।