महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको एम्बुलेन्समा गाजाँ

विरामी बोक्ने एम्बुलेन्समा गाजाँ भेटिएको छ ।  महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको एम्बुलेन्समा गाजाँ भेटिएको छ ।  को १ ज ५५०५ नम्बरको एम्बुलेन्समा गाजाँ राखिएको अवस्थामा हरिपुर ९ बाट नियन्त्रण्मा प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले सोमबार राती गाजाँसहित एम्बुलेन्स नियन्त्रणमा लिएका हुन् । म्याद थप भएपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीले जानकारी दियो ।