पाकिस्तान सरकारले २ सयजना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तान सरकारले शिशु कक्षादेखि प्लस टुसम्म अध्ययनरत सयजना नेपालीलाई जनही १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको

शिक्षामन्त्री धनीराम पौडेलले शुक्रबार काठमाडौंममा आयोजित एक समारोहमा छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्दै नेपालको शैक्षिक उन्नयनमा पाकिस्तान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गर्नुभयो

उहाँले नेपाल पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनासँगै दुवै मुलुक अझ नजिक भएको बताउनुभयो सार्कले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याएको पनि उहाँले बताउनुभयो

पाकिस्तानी राजदूतावासका कार्यबाहक राजदूत जावेद उमरानीले थोरै भए पनि नेपाली विद्यार्थीलाई सघाउन पाएकामा प्रशन्नता प्रकट गर्दै छात्रवृत्ति वृद्धि गर्ने सोचमा पाकिस्तानी सरकार रहेको जानकारी दिनुभयो

विगत चार वर्षदेखि पाकिस्तान सरकारलेपाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रमअन्तर्गत बर्सेनि १० हजार रुपैयाँका दरले प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको गएको वर्ष उक्त कार्यक्रमबाट सय ५० जना विद्यार्थी लाभान्वित भएका थिए