फोन तथा एसएमएस गरी एक करोड फिरौती रकमको माग

फोन तथा एसएमएस गरी एक करोड रुपैयाँ फिरौती रकम माग गर्ने काठमाडौं महानगरपालिका नयाँबजार बस्ने धादिङ, जिवनपुर–५ का ३२ बर्षीय विदुर पौडेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

 

मुकुल फाईनान्स लिमिटेडका सञ्चालकसँग ठूलो रकम असुल गर्ने उद्देश्यले विभिन्न व्यक्तिको नामबाट सिमकार्ड निकाली मुकुल फाईनान्सका सञ्चालकलाई फोन तथा एसएमएस गरी धाकधम्की दिइ एक करोड रकम माग गरेको र रकम नदिए अपहरण गरी ज्यान मार्ने समेतको धम्की दिएका पौडेललाई महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।