काठमाडौको कालीमाटी चोक नजिकै कपडाको पोकोमा रहेको शकस्पद वस्तु फेला


काठमाडौं, फागुन १२ । कालीमाटी चोक नजिकै बिहीबार दिउँसो बम भएको हल्लाले स्थिति तनावग्रस्त भयो । मानिसहरुको भीड लाग्यो र एकाएक आवातआवत ठप्प पारेर अनुसन्धान सुरु भयो ।

काठमाडौको कालीमाटी चोक नजिकै बम दिउँसो बम भएको हल्लाले स्थिति तनावग्रस्त भयो । कपडाको पोकोमा रहेको शकस्पद वस्तुले सामान्य नागरिक, प्रहरी र सेना सम्मलाई तनावमा पारेको थियो । मानिसहरुको भिड लागी आवतजावत नै ठप्प पारेर अनुसन्धान सुरु भएको थियो ।

बम भएको हल्ला चलेपछि डिस्पोज टोलीले मुभ भयो । आधि घण्टाको प्रयास पछि उक्त शंकास्पद बस्तु डिस्पोज गराउँदा फर्सी भएको पत्ता लाग्यो ।

प्रहरीले शंकास्पद बस्तु बम हुनसक्ने सूचना पाएपछि सेनालाई खबर गरेको र डिस्फोज नहुँदासम्म स्थितिलाई नियन्त्रणमा राखेको जनाएको छ । बम भनेर डिस्पोज गराउँदा फर्सी भेटिएपछि अहिले स्थिति सामान्य बनेको छ ।